

सेयर बजार ४४ अंकले घट्यो, कारोबार रकम २ अर्ब २६ करोड मात्रै

काठमाडौँ – सोमबार सेयर बजारको परिसूचक नेप्से ४४.६४ अंकले घटेको छ । २४१९.७१ बिन्दुमा झरेको बजारमा आज ५० लाख ९५ हजार ३४ कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२ रुपैयाँमा कारोबार भएको छ ।
सबै उपसमूह घटेका छन् । बैंकिङ १४, विकास बैंक ६४, फाइनान्स ४५, होटल तथा पर्यटन ६९, जलविद्युत ६०, जीवन बीमा ४३१, उत्पादन १२८, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १५५, अन्य ९१ र व्यापार उपसमूह ६४ अंकले घट्यो । कुल १७ कम्पनीको मूल्य बढ्यो भने १७६ को घट्यो, २ को स्थिर रहृयो ।
आज नेष्डो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने सबैभन्दा धेरै कमाएका छन् । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्तामा १७० रुपैयाँ बढेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि आज पूँजीबजारबाट ९.९९ प्रतिशत थप कमाएका छन् ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ १० पैसाको कारोबार भएको हो।
यसपछि, निफ्राको ७ करोड २१ लाख २० हजार १५८ रुपैयाँ, नबिल बैंकको ६ करोड ९२ लाख ८७ हजार ३२ रुपैयाँ, एनआइसी एसिया बैंकको ६ करोड ८६ लाख ८८ हजार ४१९ रुपैयाँ, र हिमालयन डिस्टिलरी लिमिटेडको ६ करोड ७८ लाख ६१ हजार ५९६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।

