यी युवती, जसले विमानस्थलबाट जापान लिएर जाँदै थिइन् गोली


काठमाडौं – नेपाल एयरलाइन्सको उडानद्वारा काडमाडौंबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी एक युवतीको साथबाट हाते ब्याग चेकजाँच गर्दा राउण्ड गोली फेला पर्यो।

लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले टोलीले उनलाई नियन्त्रणमा लियो। प्रहरीले सामान्य सोधपुछ गर्दा उनले ‘विदेशमा दाईसँग, होइन होइन काकालाई हो’ जस्तो बयान दिएकी प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तनहुँको साबिक बसन्तपुर गाविस हाल परिवर्तित भानु नगरपालिका–७ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली रहेकी विमानस्थल प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले जानकारी दिए।

घ्यू रंगको लेडिज हाते ब्यागलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरे ‘ए’ मा चेकजाँच गर्दा उक्त ब्यागभित्र रहेको कालो रंगको मनिपर्सभित्र गोली फेला परेको एसएसपी ढकालले बताए।

केएफ १३ ५. ५६ नम्बर लेखिएको एक राण्ड फेला परेपछि नेपालीलाई सामान्य सोधपुछ गर्दा केही पनि नखुलाएको एसएसपी ढकालले बताए।

उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशालामा पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रतिक्रिया