प्रचण्डका भाइको शपथ ग्रहण भोलि बिहान


काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका नारायणप्रसाद दाहालले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका दाहालको मंगलबार बिहान ११ः३० बजे दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का भाइसमेत रहेका दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्।

प्रतिक्रिया