

साल्ट ट्रेडिङ कर्पोरेशनले बुधबार बोनस र लाभांश पारित गर्ने

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५औं वार्षिक साधारण सभा बुधवार हुने भएको छ । सभा सोल्टी होटल ताहाचलमा बिहान ११ बजे शुरु हुने छ । सभाले आव २०७७/७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

