

छोराको निधन भएको दुई महिनामै अभिनेता शिव कुमारले पनि लिए यो संसारबाट बिदा

मुम्बइ – बलिउड अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ । बलिउडमा अभिनय र स्क्रिनराइडरको रुपमा विशेष पहिचान बनाएका कलाकार शिव कुमारको अचानक निधन भएको हो ।
दिवंगत शिव कुमार केही समयअघि फिल्म ‘मिनाक्षी सुन्दरेश्वर’ मा देखिएका थिए । यो फिल्ममा उनको अभिनय र पात्रलाई असाध्यै रुचाइएको थियो ।
अभिनेताको अचानकको निधनको कारण के हो त्यसबारे स्पष्ट जानकारी प्राप्त छैन ।
शिव कुमार सुब्रमण्यमले दुई महिना अघि आफ्नो छोरा गुमाएका थिए । उनको छोरालाई ब्रेन ट्युमर भएको थियो । छोराको निधन भएको दुई महिना पछि शिव कुमार पनि यो संसारबाट बिदा भए । फिल्म निर्माता हंसल मेहता र अशोक पंडितले पनि शिव कुमार सब्रमण्यमको निधनमाथि दुःख जताएका छन् ।

