नेपाली सेनामा भान्सेदेखि उपप्रध्यापकसम्मका विभिन्न ६९ जना कर्मचारी माग


काठमाडौँ– नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्मका कर्मचारी माग गरेको छ। सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले आज सूचना प्रकाशित गरी विभिन्न ६९ पदका लागि आवेदन खुला गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले जनाएको छ।

त्यसका लागि आगामी १५ दिनसम्ममा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया