आइएमई पे र दराजबीच सम्झौता : नयाँ वर्षको अवसरमा विभिन्न छुट पाइने


काठमाडौं –  आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको छ । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २८ चैतदेखि आगामी ७ बैशाखसम्मको लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२ः३० सम्म १०% छुट , रु. १००० अधिकतम र अभियान शुरू भएको पहिलो आधा घण्टा पछि दैनिक रश आवर आधा–घण्टामा १०% छुट अधिकतम रु. ७५० सम्म हुने ब्यवस्था मिलाइएकोे छ ।

रश आवरको समय बिहान ८ बजे देखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुनेछ साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर स्यामसङ एओ३ कोर लगायतका विभिन्न उपहार जित्न सकिनेछ ।   यस अभियानको मोडालिटी सामूहिक भौचर हुनेछ जहाँ प्रयोगकर्ताले आइएमई पे भौचर सङ्कलन गरी छुट रिडिम गर्नेछन्। ।

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेले लिएको छ ।

प्रतिक्रिया