बैंकिङ कसुरमा फरार प्रतिवादी तीनकुनेबाट पक्राउ


काठमाडौं – काठमाडौंको तीनकुनेबाट प्रहरीले बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौ महानगरपालिका ३४ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारी रहेका छन् ।

भण्डारीलाई बैंकिङ कसुरमा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (एआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

भण्डारीमाथि महोत्तरी जिल्ला अदालतले चेक अनादर विगो मुद्दामा चैत १८ गते पक्राउ गर्न आदेश दिएको थियो । भण्डारीलाई अदालतले २ वर्ष कैद सजाय तोकेको छ ।

प्रतिक्रिया