सुदूरपश्चिममा कांग्रेसका नवनियुक्त ३ मन्त्रीहरूले लिए शपथ


कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। कांग्रेसबाट तीनजना मन्त्री जना मन्त्रीले अाजै शुक्रवार शपथ लिएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्।

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो। उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो।

 

प्रतिक्रिया