

नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, आकर्षक मूल्यमा ४ डिजिटल टिभीसहित हास्पिडइन्टरनेट

काठमाडौँ – इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक ‘शुभकामना अफर’ सार्वजनिक गरेको छ। कम्पनीले चार वटा डिजिटल टिभीसहित उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो ।
कम्पनीकाअनुसार ग्राहकले शुभकामना अफरअन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेजसहित चार डिजिटल टिभी र ६५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ ।
वार्षिक प्याकेजको मूल्य भ्याटबाहेक २१ हजार २३९ रुपैयाँ छ। यो प्याकेजमा डुअलब्यान्डओएनयू (५ गिगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसनसहित एउटा क्लियर टिभीसेट टपबक्स र वायर समावेश गरिएको छ।

