बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ९ अर्बले बढ्यो


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको एक दिनमै निक्षेप संकलन  ९ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २३ गते एकदिनमै ९ अर्बले बढेको हो । बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ४९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

चैत्र २२ गते मंगलबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४९ खर्ब १५ अर्ब रूपैयाँ रहेको थियो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४३ खर्ब ५१ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब २ अर्बमा स्थिर देखिएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो)  ९०.५८ प्रतिशतबाट घटेर ९०.४४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया