
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ
स्याङ्जा – बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा जिल्ला वालिङ नगरपालिका बस्ने ४३ बर्षीय याम ब. कुवंरलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत ११ गते १३ बर्षीय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।



कागजपत्र |
