मोरङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


मोरङ – प्रहरीले मोरङको बेलबारीबाट ४८ वर्षीया महीलालाई जवरजस्ती करणी गरेको आरेपमा एक जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया