सर्लाहीमा गोली चल्दा एकको मृत्यु, प्रहरीकाे सर्च अपरेशन सुरु


सर्लाही – जिल्लाको सदरमुकाम मलंगवामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मलंगवा-९ मा गोली चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा अन्दाजी ३५ वर्षीय इन्दल महतो मृत्यु भएको हो ।

महातोको शवलाई प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ । प्रहरीका अनुसार गोली लागेको हो या धारिलो हतियारले प्रहार गरेको हो ? भन्नेबारे खुल्न सकेको छैन ।

यसबारे स्थानीयबासीले भने गोली नै चलेको बताएका छन् । घटनामा संलग्न दोषी पत्ता लगाउन प्रहरीले सर्च अपरेशन सुरु गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया