

माइत गएकी महिला मृत फेला

काठमाडौं – गोरखा सदरमुकाममा एक महिलाको शव भेटिएको छ।
गोरखा नगरपालिका ९ स्थित भीआईपी टोलमा ३५ वर्षीया फुलमाया सिर्मलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।
सिर्मलको घर गोरखा नगरपालिकाकै लक्ष्मी बजार रहेको र माइती घर गएको बेलामा घटना घटेको एसपी खनालको भनाइ छ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको खनालको भनाइ छ। घटना संकास्पद रहेकाे भन्दै एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे एसपी खनालले बताए ।

