लोसपा अध्यक्ष ठाकुरकाे स्वास्थ्यमा समस्या, हेलिकप्टरबाट काठमाडौं ल्याइयाे


काठमाडाैं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ ।

बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

ठाकुरको स्वास्थ्यमा समस्या आएको जानकारी भएपछि चिकित्सक पाण्डेसहितको टोली उनी बसेको होटेलमै बिहान करिब ८ बजेतिर पुगी स्वास्थ्य जाँच गरेका थिए ।

पार्टीको कार्यक्रमका लागि ठाकुरसहित अन्य नेताको टिम मंगलबारदेखि भैरहवामा थियो । मंगलबार विमानबाट भैरहवा पुगेका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवास्थित होटल पौवामा बसेका थिए ।

 

 

प्रतिक्रिया