

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से, ४ स्टकको २५१ कित्ता शेयर खरिदबिक्री

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंक घटेको छ । आज उक्त सेसनमा ०.२६ अंक घटेर २४५१.८१ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४६.४६ अंक घटेर २४५२.०६ विन्दुमा बन्द भएको थियो ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ । बुधबार प्रि ओपन सेसनमा ४ स्टकको १ लाख ३५ हजार ८२० रुपैयाँ बराबरको २५१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।

