‘म प्रचण्ड–नेपाल गुटको मान्छे होइन’


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफु प्रचण्ड–नेपाल गुटको मान्छे नभएको बताएका छन् । उनले एक अन्तर्वार्तामा प्रचण्ड गुटको मान्छे भएको आरोप लाग्दै आइरहेको विषयप्रति प्रतिक्रिया दिएका हुन् ।

संसद विघटन भएपछि नेकपा दुई भागमा विभाजित भएको छ । केपी शर्मा ओली र प्रचण्ड–नेपाल । यी दुई गुटमा लगभग धेरै नेताहरूको लाइन प्रष्ट भइसकेको छ । तर, वामदेवले मात्रै आफ्नो गुटबारे प्रस्ट्याएका छैनन् ।

उनले आफु कुनै पनि गुटमा नरहेको बताउँदै आएका छन् । उनले अन्तर्वार्ताकै क्रममा दुवै पक्षले आफ्नो प्रयोग गरेको आरोप समेत लगाएका छन् । जस्तो सुकै परिस्थिति भए पनि आफु कुनै गुटमा नलागि अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया