‘प्रचण्ड र नेपाल अझै सत्ताकै दाउमा त छैनन्’


काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पार्टीबाट ननिकालेको देख्दा शंका लागेको बताएका छन्।

सोमबार बिहान काठमाडौंमा आयोजित पूर्वप्रधानमन्त्री भट्टराईले प्रचण्ड र नेपाल अझै सत्ताकै दाउमा रहेको आशंका व्यक्त गरेका हुन्। ‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न? तपाईंहरू कित्ता क्लियर गर्नुस्,’ डा. भट्टराईले भने, ‘तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ।’

यस्तै डा. भट्टराईले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए हातमा दही जमाएर नबस्ने चेतावनी पनि दिएका छन्। ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने,’ उनले भने, ‘बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं।’

प्रतिक्रिया