ओलीले नेपालको संविधानलाई कोमामा पुर्‍याए : देवप्रसाद गुरुङ


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानलाई कोमामा पुर्याएको टिप्पणी गरेका छन् ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै गुरुङले प्रधानमन्त्री ओलीकै कारण नेपालको संविधान कोमामा गइसकेको बताएका छन् ।

उनले वर्तमान सरकारलाई कामचलाउको सरकार भनेका छन् । ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरी शासन गरेको पनि आरोप लगाए । उनले संविधानले नै संसदको आयु पाँच वर्ष तोकेकोले संविधान मिचेर गरिने निर्वाचन गलत हुने टिप्पणी गरे ।

प्रतिक्रिया