जनताको आवाज नसुनिए विद्रोह हुन्छ : जनार्दन शर्मा


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग संविधान साट्न खोजेको आरोप लगाएका छन्।

विरोध सभामा संवोधन गर्दै शर्माले प्रश्न गरे ‘संविधान पदसँग साटिन सक्छ ? संघीयता शनकमा खारेज हुन सक्छ ? हाम्रो उद्देश्य हाम्रो संविधान र संघीयता जोगाउने हो।’

शर्माले अहिले जनताले प्रतिगमनविरुद्ध शान्‍तिपूर्ण आन्दोलन गरिरहेको भन्दै जनताको आवाज दबाउन खोजे विद्रोह हुने चेतावनी दिए।

‘जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुन सक्छ। जनताले विद्रोह गरे संविधान र संघीयता विरोधीहरुको पतन हुनेछ’ उनले भने।

मन्त्रिपरिषदले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको सिइयोमा नियुक्त गरेको विषय बारे बोल्दै उनले भने, ‘जनताको सेवा नगर्ने संरचनाको परिणाम हामीले भोगिरहेका छौं। त्यसैले अब परिवर्तनमा सहभागी हुनुपर्छ। नयाँ कूलमानहरूलाई नियुक्ती गर्नुपर्छ।’

जनताकोबीचबाट अब नेतृत्व हुनुपर्ने भन्दै उनले पार्टी भन्दा देश प्यारो रहेको बताए।

प्रतिक्रिया