४६ अंकको गिरावट हुँदा २४५२ अंकमा नेप्से


काठमाडौं  – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा करिब २ प्रतिशतको गिरावट भएको छ  । मंगलबार बजार परिसूचक ४६.४६ अंकले गिरावट भएर २४५२.०६ अंकमा बन्द भएको छ ।  नेप्सेसँगै सबै उपसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ । आज २ अर्ब २० करोड ९३ लाख बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनमा बढेको हो । सोमबार १ अर्ब ५८ करोडको कारोबार भएको थियो । होटल तथा पर्यटन उपसमूह १५ अंक बढ्यो भने अरु सबै घटे ।

बैंकिङ १८, विकास बैंक ८१, फाइनान्स ५३, जलविद्युत् ६१, जीवन बीमा ४३२, उत्पादन ४३, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ३४५, अन्य ७१ र व्यापार उपसमूह ४४ अंकले घटे । कुल १० कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । १८३ कम्पनीको घट्दा २ को स्थिर रहृयो ।

शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ ।  राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५६.१० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०५ रुपैयाँ पुगेको छ । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट, युनाइटेड इदी मर्दीको मूल्य ६ प्रतिशत धेरैले घट्यो ।

आज हिमालयन डिस्टिलरीको साढे नौ करोडमाथिको कारोबार हुँदा नबिल बैंकको साढे आठ करोड को कारोबार भएको छ ।

प्रतिक्रिया