

उदयपुरमा विद्यालय जाँदै गर्दा एसइई तयारीमा रहेकी छात्राको हत्या !

उदयपुर – उदयपुरमा एक स्कुले किशोरीको हत्या भएको छ । उदयपुरको बेलका नगरपालिकाको कोशी जनता माध्यामिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको विद्यालयले जनाएके छ ।
उनको बेलका नगरपालिका वडा नं. ३ स्थित यसोदा खोलामा हत्या भएको जनाइएको छ ।
एसइईको तयारीमा रहेकी उनको विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।
विज्ञप्तिः

