


९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौंडा – मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
आइतवार विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरको प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बीआर २५ जीए ३०९२ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको थियो ।
डीएसपी रिमालका अनुसार, पक्राउ परेका असगर ट्रक चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

