सवारी दुर्घटनामा ३ जनाको मृत्यु


कञ्चनपुर – देशका विभिन्न भागमा गरी तीन जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका ६ शान्ती निकेतनस्थित सडकमा ना ४ ख ४४६६ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ७ बस्ने ४० वर्षीया मन्जु देवी बुडालको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको लहान नगरपालिका ११ पडरियास्थित सडकमा स.१ त ४५५६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, नखुलेका करिब ४२ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका ११ फाल्चुरीस्थित सडकमा प्र २–०२–००१ ह १७२० नम्बरको अटो आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा अटोमा सवार कमलामाई नगरपालिका–७ माझिटार बस्ने ४५ वर्षीय अमित लामाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया