
वोमी र सूर्योदय लघुवित्तको एकिकृत कारोबार शुरु
काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले एकिकृत कारोबार शुरु गरेका छन् । यी दुबै संस्था एक आपसमा मर्जरमा गएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।
ती दुई कम्पनीले एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट फागुन ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गते स्वीकृती पाएपछि चैत १९ गतेबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।
मर्जरपछि कम्पनीको चुक्तापूँजी ७९ करोड १९लाख पुगेको छ । मर्जर पश्चात बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका १३ साँगामा रहनेछ ।



कागजपत्र |
