म कुनै पार्टीको होइन : दीपकराज गिरी
काठमाडौँ- कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । ‘म कहीँ गा छैन म कुनै एक पार्टीको होइन,सवै पार्टीको हुँ’ गिरीले लेखेका छन् । केही समयअघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचार आएका थिए।