

ब्राउन सुगरसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर- विराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। भारतको जोगवानीबाट को २५ प ७६५८ नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४० वर्षीय राजेन्द्र केसी पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो। केसीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद भएको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार केसीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रानीले शुक्रबार म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।

