विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अतिक्रमणका लागि १६ अर्ब विनियोजन


विराटनगर- विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अतिक्रमणका लागि मात्र १६ अर्ब विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अतिक्रमणका लागि मात्र १६ अर्ब विनियोजन भएको जानकारी दिए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले  उक्त जानकारी दिएका हुन् ।  मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन  र  लगेज बेल्टको लागि  बजेट विनियोजन  गरेको बताए । उनले  विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिए  ।

यसअघि विमानस्थलमा आवश्यक जग्गामा लाग्ने खर्चको ४० प्रतिशत प्रदेश सरकार र १० प्रतिशत विराटनगर महानगरले लागत व्यहोर्ने सम्झौता भएको थियो ।

यस्तै, सरकारले पाँच वर्षभित्र विमानस्थल पूर्वाधारमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । विमानस्थल निर्माण तथा सञ्चालनको जिम्मा पाएको नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको क्षमता विस्तार तथा नयाँ निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च गर्ने तयारी गरेको थियो ।

प्राधिकरणले पाँच वर्षभित्र चारवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २ खर्ब ५० अर्ब तथा मुआब्जामा ५ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, आन्तरिक विमानस्थल निर्माण तथा क्षमता विस्तारमा ४६ अर्ब खर्च हुने अनुमान छ । यता मुआब्जामा ३४ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको हो ।

प्रतिक्रिया