ग्लोबल आइएमई लघुवित्तको २८ % बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले मंसिर २९ गते सम्पन्न नवौं साधारण सभाबाट पारित २८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रतिक्रिया