तीन देशको श्रम स्वीकृति बन्द


काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि तीन देशको श्रम स्वीकृति बन्द गरेको छ । मन्त्रालयले रुस–युक्रेन युद्धका कारण असुरक्षा बढेको भन्दै सेसेल्स, क्रोएसिया र मोरिससको श्रम स्वीकृति रोकेको हो ।

वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचलले मन्त्रालयको निर्देशनअनुसार ती मुलुकमा जाने नेपाली कामदारको श्रम स्वीकृति रोकेको बताएको छ । ती मुलुकमा संस्थागत भन्दा  व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली कामदार जाने गरेका छन् ।

व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा जाँदा जोखिम बढी रहने सरकारी तथा गैरसरकारी अध्ययनहरूले देखाउने गरेको छ । मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी रहेको अवस्थामा उनीहरूमार्फत नै पठाउनु उपयुुक्त हुने राय मन्त्रीसमक्ष पुगेको बताइएको छ ।

प्रतिक्रिया