

१ लाख बढी मूल्य रहेको एमआई १२ प्रो नेपाली बजारमा सार्वजनिक

काठमाडौं – साओमी १२ प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । १२ जीबी ¥याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । फोनमा १२० वाटको फास्ट चार्जिङ छ, जसले फोन १८ मिनेटमै फुल चार्ज हुन्छ । ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले ८, जेन वान स्न्यापड्रागन प्रोसेसर भएको फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलकै टेलिफोटो र वाइड एंगलको सेकेन्डरी क्यामेरा, साइबर फोकस ट्र्याकिङ प्रणाली लगायतका बिशेषता दिइएको छ ।
सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा–क्लियर सेल्फी लेन्स उपलब्ध गराइएको छ । ग्राहकले फोन किन्दा ५ हजार क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यान्ड ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन कम्पनीले जनाएको छ । यस मोडलको मूल्य मोडलको एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

