पन्त, सिंह र धानुक एआईजीमा बढुवा


काठमाडौं – सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा एआईजीमा बढुवा गर्न सिफारिस गरे पनि त्यस विरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो ।

आयोगले बढुवा समितिले गरेको सिफारिसलाई बुधबार सदर गरेको थियो । आयोगले सदर गरेको भोलिपल्ट अर्थात बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

प्रतिक्रिया