तीन कम्पनीको सेयरमा मूल्य समायोजना, कुन कम्पनीको कति ?


काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सिद्धार्थ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र प्रभु इन्स्योरेन्स वित्तीय संस्थाको सेयरमा मूल्य समायोजना भएको हो

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो।  सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ८ सय ९१ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश दिने भएको छ।

आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। मूल्य समायोजनापछि कम्पनीको सेयर भाउ १ हजार १ सय १६ रुपैयाँ ८७ पैसा तोकेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १९.६२  प्रतिशत बोनस सेयर १.३८ प्रतिशत नगद लाभांश दिने भएको छ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ४३ रुपैयाँ २४ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट  ११ प्रतिशत बोनस सेयर ०.५८ प्रतिशत नगद लाभांश दिने भएको छ।

प्रतिक्रिया