सशस्त्रमा ६ एसएसपी डिआईजीका लागि सिफारिस, कमलले मारे बाजी


काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त ७ प्रहरी नायव महानिरिक्षक (डिआईजी) को पदका लागि ६ जना एसएसपीलाई बढुवाको सिफारिस गरेको छ ।

बढुवासमितिको भर्खरै सम्पन्न बैठकबाट सशस्त्र प्रहरीको डिआईजीका लागि कमल गिरी पहिलो नम्बरमा सिफारिस भएका छन् ।

त्यस्तै सिफारिस हुनेमा अन्य गणेश ठाडा, अभि खत्री क्रमशः दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै शम्भु सुवेदी, दुर्गा भट्टराई र कुलबहादुर नेम्बाङ डिआईजीका लागि बढुवा सिफारिस भएका छन् ।

डिआईजीको रिक्त सात पदमा सात एसएसपीले फारम भरेका थिए । सशस्त्रमा एक नम्बरमा बढुवा हुने नै आईजीको प्रवल दाबेदार हुने हुँदा बढुवामा प्रतिस्पर्धा भएको हो।

प्रतिक्रिया