आर्थिक संकटमा श्रीलंकाः १० घन्टा लोडसेडिङ, महँगी दर १७.५ प्रतिशत


काठमाडौं – श्रीलंका अहिले सबैभन्दा गम्भीर आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । यतिबेला श्रीलंकामा महँगी दर १७ प्रतिशतभन्दा माथि पुगेको छ । श्रीलंकाका जनता खाद्य, पेट्रोल, ग्यास, औषधिजस्ता अत्यावश्यक सामानका लागि दैनिक संघर्ष गरिरहेका छन् ।

चारैतिरबाट समुद्रले घेरिएको यो देशको अर्थव्यवस्था पर्यटन र विदेशमा काम गरिरहेका जनताले पठाएको रेमिट्यान्समा निर्भर रहँदै आएको छ। कोरोना महामारीले आम्दानीका यी दुवै क्षेत्रलाई नराम्ररी प्रभावित पार्यो । जसका कारण श्रीलंकाको अर्थतन्त्रमा संकट आइलाग्यो ।

श्रीलंकासँग यतिबेला विदेशी मुद्राको भण्डार छैन । जसका कारण श्रीलंका सरकारले इन्धन, औषधि र खाद्य सामाग्री खरिद गर्न सकिरहेको छैन । विदेशी मुद्राको भण्डारलाई बचाउनका लागि श्रीलंकाले सन् २०२० मार्च विदेशबाट आयात हुने वस्तुहरुमा रोक लगाएको थियो । अहिले महँगी दर १७.५ प्रतिशत पुगेको छ ।

थर्मल पावर प्लान्टसँग इन्धन छैन । जसका कारण दैनिक १० घन्टा लोडसेडिङ भइरहेको छ । श्रीलंकामाथि ५१ अर्ब डलरको ऋणको भारी छ । क्रेडिट एजेन्सीहरुका अनुसार यो ऋणको भरी तिर्न श्रीलंका असमर्थ हुन सक्छ ।

प्रतिक्रिया