ग्रीन भेन्चर्सको आईपीओको आउँदो साता बाँडफाँड


काठमाडौं – ग्रीन भेन्चर्स कम्पनीको आईपीओको बाँडफाँड आउँदो साता हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  उक्त साधारण सेयर आईपीओको प्रि- अलटमेन्ट हिजो सम्पन्न भएको थियो । आईपीओको बाँडफाँड चैत्र २० गते  हुने क्यापिटलले जनाएको छ ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछ ।

प्रतिक्रिया