नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने बिहीवार अन्तिम दिन


काठमाडौं –  नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर चैत १० गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीहरुले बिहीवार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१०० तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया