बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं – प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना अभियुक्रलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले ४० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका स्याङ्जाको आधिखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई सामाखुशीबाट सोमवार पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार छ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गरेपछि फरार अवस्थामा रहेका गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तले यसअघि एभरेष्ट बैंक लिमिटेड गोङ्गबु शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै चेक दिएर बैकिङ कसूरजन्य अपराध गरेका थिए । अदालतले गुरुङलाई बैंकिङ कसू तथा सजाय ऐन, २०६४ बमोजिम फैसला सुनाएको थियो ।

प्रतिक्रिया