

कर्पोरेट डेभलपमेन्ट बैंकको १ लाख २० हजार कित्ता सेयर आजबाट बिक्रीमा

काठमाडौँ– कर्पोरेट डेभलपमेन्ट बैंकले आज चैत १६ गतेबाट अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद बिक्री गरेको थियो । त्यतिबेला बिक्री नभएको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता सेयर बैंकले लिलामीमा राखेको हो ।
लिलामीमा राखिएको सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन ।
लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

