नेप्सेमा ३ कम्पनीको ५ करोड कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ?


काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ बैंक र एक लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५.८९ कित्ताशेयर सूचिकृत भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५.४६९७ कित्ता शेयर सूचिकृत भएको हो ।

यस्तै,स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१.५० कित्ता शेयर गरी कुल ५ करोड बढी कित्ता शेयर नेप्सेमा थपिएको हो ।

प्रतिक्रिया