३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


पाल्पा – पाल्पामा ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका- ५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका- ६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया