नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार


काठमाडौं – नेपालको बाह्य सम्बन्ध १ सय ७५ देशमा विस्तार भएको छ।

नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १ सय ७५ पुगेको हो।

द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले हस्ताक्षर गरे।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा भएको हस्ताक्षर कार्यक्रममा उनीहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे छलफल गरेका थिए।

नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यका लागि एक हजार ८ सय नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पु¥याउँदै आएको छ।

प्रतिक्रिया