
दोहोरो अंकले घट्यो नेप्से, सबै उपसमूहमा गिरावट
काठमाडौं – सोमबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक २९.९८ अंकले घटेर २,५४२.२८ पुगेको हो। दिनभर जम्मा २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ ९४ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १६७ कम्पनीको मूल्य घटेको छ भने जम्मा २१ कम्पनीको मूल्य बढेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ।
बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटे ।
राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै नेस्डो लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । धेरै मूल्य घट्नेमा आईसीएफसी फाइनान्स, सानिमा लाइफ, ज्योति लाइफ, ग्रीनलाइफ हाइड्रो रहे । यी कम्पनीको मूल्य ४.३ देखि ४.८ प्रतिशतसम्म घटेको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ ३० पैसाको कारोबार भएको हो।
यसपछि, अपि पावरको ९ करोड ३० लाख २३ हजार ११६ रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ८ लाख ७९ हजार ३४३ रुपैयाँ २० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ८६ हजार ८५० रुपैयाँ ५० पैसा र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६५ लाख ३१ हजार २४४ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।



कागजपत्र |
