प्राइम कमर्सियल बैकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्दै


काठमाडौं –  प्राइम कमर्सियल बैंकले चैत १६ गतेदेखि १० प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले चैत १६ गतेबाट ऋणपत्र जारी गर्न लागेको हो।ऋणपत्रमा छिटोमा २१ गते र पर्याप्त आवेदन नपरेमा ३० गतेतसम्म आवेदन दिन सकिने छ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकले १० बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ। साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।

बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ। यसमध्ये ६० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र प्राइभेट प्लेसमेन्टु बाट बिक्री गर्ने छ।

बाँकी १ अर्बको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ। बाँकी ऋणपत्र मात्र सर्वसाधारणले खरिद गर्न पाउने छन्।

प्रतिक्रिया