अवैध बुद्ध चित्तको मालासहित कोरियन नागरिक पक्राउ


काठमाडौं – अवैध बुद्ध चित्तसहित एक कोरियन नागरिक पक्राउ परेका छन् ।

अवैध रूपमा कोरिया लैजान लागेको बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक सुन उन जाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया