पपुवान्युगिनीलाई १८४ रनको लक्ष्य


काठमाडौं – नेपालले त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा पपुवान्युगिनीलाई १ सय ८४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा स्थितमा २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक पारि खेलिरहेका बेला ११ बलमा २० रन बनाउँदा आउट भएका थिए । नेपालका लागि रोहित पौडेलले ३४ रन बनाए भने आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाए ।

त्यस्तै नेपालका लागि आरिफ शेखले १३ रन बनाउँदा करण केसीले १४ रन बनाए । त्यस्तै नेपालका लागि कुशल मल्लले ११ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । त्यस्तै नेपालका सोमपाल कामी १ रन बनाएर आउट भए पनि कप्तान सन्दीप लामिछाने र अविनाश बोहोरा नटआउट रहे । लामिछानेले १ रन बनाए ।

पीएनजीका लागि अलि नाउ, चाद सोपर र चाल्र्स अमिनीले २÷२ विकेट लिएका थिए ।

प्रतिक्रिया