छायाँदेवीको आईपीओ निष्काशन रोक्का गर्न माग


काठमाडौं – छायादेवी कम्प्लेक्स प्रालिको आईपीओ निष्काशन रोक्का गर्न माग गरिएको छ । सम्पदा संरक्षण अभियन्ताहरुले ठमेलस्थित  विवादित उक्त कम्पनीको आईपीओ निष्काशन रोक्का गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका हुन् ।

अभियान्ता भागवत नरसिंह प्रधान,राजवीर डंगोल र अनिल प्रधानले आइतबार छायादेवी कम्प्लेक्स विरुद्ध सर्वोच्च अदालतमा १२ थान मुद्दाहरु हाल विचाराधीन रहेको भन्दै बोर्डमा लिखित पत्र बुझाएका हुन्।

मुद्धा विचाराधीन भएकाले यसले पछि जो कोहीलाई झुक्याई हानी नोक्सानी समेत हुने भन्दै  झमेलाबाट बच्न बच्न सर्वसाधारणहरुलाई उनीहरुको आग्रह छ। ऐतिहासिक उक्त पोखरी अतिक्रमणगरि व्यवसायिक भवन बनाएको भन्दै सम्पदा अभियान्ताहरु विरोध गर्दै आएका छन्।

प्रतिक्रिया