

विन नेपाल लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौँ – विन नेपाल लघुवित्त वित्तीय संस्थाले ११.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ बसन्तबहादुर शाक्यले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ६ करोड १५ लाख रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

