

‘कोडोले’लाई अस्कर अवार्ड

न्यूयोर्क — यस वर्षको ओस्कार अवार्ड गायक बन्न चाहमा हिँडेकी युवतीको कथामा केन्द्रित कोडाले फिल्मले पाएको छ।
सोमबार अमेरिकाको डल्बी थिएटरमा भएको कार्यक्रममा ओस्कार विजेता फिल्मको अवार्ड दिइएको हो। फिल्ममा एउटा परिवारको कथा भनिएको छ, जसमा सुन्न र बोल्न नसक्ने परिवारमा जन्मिएर एक युवती गायिका बन्न चाहन्छिन्।
सियान हेडेरले निर्देशन गरेको फिल्म द बेलिएर फ्यामिली भन्ने सिरिजबाट एडप्ट गरिएको हो। ओस्कारमा बेस्ट एडप्टेड स्क्रिनप्लेको अवार्ड पनि हात पारेको छ।
सोमबार अमेरिकामा भएको कार्यक्रममा कोडाले उत्कृष्ट पिक्चरको साथमा सहायक अभिनेताको अवार्ड पनि हात पार्यो।
कोडाका ट्रोय कोतसुरले सहायक अभिनेताको अवार्ड पाएका हुन्। कोडाले ड्युन, बेलफास्ट, द पावर अफ डग जस्ता फिल्मलाई पछि पारेको थियो ।

